ad ad

समाज


बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरु

बालकृष्ण खाँणको प्रतिरक्षामा थुनछेक बहस सुरु

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ११:३, काठमाडौँ

नक्कली शरणार्थीसम्बन्धी मुद्दामा पक्राउ परेका बालकृष्ण खाँणको प्रतिरक्षामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन मंगलबार पूर्वगृहमन्त्री खाँणका वकिलहरूले बहस सुरु गरेका हुन्। 

उक्त प्रकरणमा पक्राउ परेका १८ जनाका तर्फबाट वकिलहरूले गत बुधबारदेखि निरन्तर (शनिबारबाहेक) प्रतिरक्षा बहस गरिरहेका हुन्।  

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तमध्ये खाँणसहित अझै ६ जनाको प्रतिरक्षा बहस गर्न बाँकी छ। 

तर प्रतिवादीका तर्फबाट आज बहस सक्नुपर्ने समय–तालिका छ। यसपछि भोलि बुधबार सरकारी वकिलले जवाफी बहस गरेर त्यही दिन थुनछेक आदेश दिनेगरी न्यायाधीशले समय तोेकेका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .