म्याग्दीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
धवलागिरि गाउँपालिका–७ धारापानीकी २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए। मंगलबार बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरे।
9
Shares
प्रतिक्रिया