स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ।
शुक्रबार मध्यराति बा १५ च १७०१ नम्बरको स्कार्पियो पुतलीबजार नगरपालिका-१० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
गिरी उक्त स्कार्पियोमा सवार थिए।
चापाकोट नगरपालिका ४ दार्सिङ निवासी दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको थियोे।
उनको उपचारका क्रममा राति ११ः४० बजे मृत्यु भएको जिल्ल प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र खनालले बताए।
प्रतिक्रिया