ad ad

समाज


राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

फाइल तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेल


नेपालखबर
असार २, २०८० शनिबार ८:१९, काठमाडौँ

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्। 

राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो। 

हृदयाघात भएर सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो। 

अहिले फेरि मुटुको चाल केही कम तथा कमजोरी महसुस भएकाले उनलाई  अस्पताल (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर) लगिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .