ad ad

समाज


ताप्लेजुङ र संखुवासभामा बाढी : राहत र उद्धार तीव्र बनाउन सरकारसँग योगेशको माग

ताप्लेजुङ र संखुवासभामा बाढी : राहत र उद्धार तीव्र बनाउन सरकारसँग योगेशको माग

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १२:२०, काठमाडौँ

नेकपा (एमाले)का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरुमा बर्षातसँगै गएराति आएको बाढि र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। 

संखुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरुमा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सचिव भट्टराईले घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा आकष्मिक समय लिएर बोल्दै उनले त्यस घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए। 

सचिव भट्टराईले उक्त घटनाका कारण क्षतिग्रस्त पुल, सडक सुचारु हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए। 

‘म यो विपद्को स्थितिको जानकारी सरकारको तर्फबाट संसदलाई होस् भनेर म माग गर्न चाहन्छु। यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ’, उनले भने, ‘त्यसैगरी पुल, सडक पनि क्षतिग्रस्त छन्। त्यसको तत्कालको अवस्था के छ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु। तत्कालै बेलिब्रिजहरु र झोलुंगे पुल व्यवस्था गरेर आवागमन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

उनले भत्किएका सडकहरुलाई तत्काल सूचारु गर्नुपर्ने अवस्था रहेको बताए। ‘त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु। पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ’, उनले भने, ‘त्यसैले आवश्यक खाद्यान्न तत्काल व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। विपदको क्षेत्राम काम गर्ने रेडक्रससहितका अन्तराष्ट्रिय संघ, संस्थाहरुलाई पीडितहरुलाई राहत उपलब्ध गराउन आग्रह गर्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .