विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा)खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध अनुसन्धान गर्न प्रहरीले थप एक साता म्याद लिएको छ।
गत बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट थप एक साता हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो।
हाँस्यलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताएका छन्।
अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो।
Shares
प्रतिक्रिया