ad ad

समाज


अदालत परिसर क्षेत्रबाट स्कुटरमा लागु औषध लुकाएका युवक पक्राउ

अदालत परिसर क्षेत्रबाट स्कुटरमा लागु औषध लुकाएका युवक पक्राउ

नेपालखबर
असार ४, २०८० सोमबार २०:९, काठमाडौँ

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित अदालत परिसरबाट  लागु औषधसहित एकजना पक्राउ परेका छन्। सोमबार दिउँसो भीमदत्त नगरपालिका–१८ गोबरैयाका सुरेन्द्र भण्डारीलाई प्रहरीले लागु औषधसहित समातेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भण्डारीको साथबाट लागुऔषध फेनरगन १७ एम्पुल, रेक्सोजेसिक १७ थान र डाइजेपाम ३ एम्पुल बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको क्षेत्रीय अनुसन्धान टोली (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भण्डारीलाई अदालत परिसर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। 

शंका लागेर जाँच गर्ने क्रममा भण्डारीको म २ प ६८४७ नम्बरको स्कुटरको  डिग्गीभित्र लुकाएको अवस्थामा लागु औषध भेटिएको थियो।

भण्डारी अदालतबाट म्याद थपेर गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .