काठमाडौंसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ।
परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाको तथ्यांकअनुसार आइतबारसम्म १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।
दादुरा पुष्टि हुने जिल्लाहरुमा काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोट छन्।
दादुरा संक्रमणबाट बच्न जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक दादुराविरुद्धको खोप लगाउनुपर्छ।
सरकारले अहिले खोप कार्यक्रम सञ्चालन गरिहको छ।
21
Shares
प्रतिक्रिया