ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
असइ भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा भदैसवारले उजुरी निवेदन दर्ता गर्न सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीविरुद्ध कैद र विगोबमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
33
Shares
प्रतिक्रिया