ad ad

समाज


राजधानीमा जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा

राजधानीमा जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा

नेपालखबर
असार ५, २०८० मंगलबार २०:५४, काठमाडौँ

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन)ले कमलादीबाट पुतलीसडक पद्मोदय मोड हुँदै टुँडिखेलसम्म जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा गरेको छ।
 
विगत ३८ वर्ष अघिदेखि इस्कोनले नेपालमा यस्तो यात्रा गर्दै आएको प्रेस संयोजक सागर गौतमले राससलाई जानकारी दिए।

कार्यक्रमको शुभारम्भ गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानवमा आध्यात्मिक भावना जागृत गराउन इस्कोनले महत्त्वपूर्ण काम गरेको बताए। 

कलियुगमा भक्ति गर्नाले सबै फल प्राप्त हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै इस्कोनले काम गरेको उनको भनाइ थियो। 
 
अर्थमन्त्री डा प्रकाशशरण महतले नकारात्मक मार्गमा लागेकालाई इस्कोनले भक्ति सङ्गीतकै माध्यमबाट सकारात्मकरूपमा प्रेरित गर्ने गरेको बताए।

कार्यक्रममा करिब तीन हजार भक्तजनको सहभागिता रहेको इस्कोनले जनाएको छ। नेपालसहित आजै यो कार्यक्रम ७० देशमा गरिएको पनि प्रेस संयोजक गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .