ad ad

समाज


समाचारको विषयमा पत्रकारमाथि दुर्व्यवहार गरिएकोप्रति महासंघको आपत्ति

समाचारको विषयमा पत्रकारमाथि दुर्व्यवहार गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
असार ७, २०८० बिहिबार १५:८, काठमाडौँ

नेपाल पत्रकार महासंघले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर एक समूहले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

महासंघका अनुसार हरि गिरी सहितको समूहले पत्रकार सापकोटालाई दुर्व्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेका थिए।

सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरी सहितको एक समूहले बुधवार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासंघलाई गराएका छन्।

‘गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरि अनुसन्धान गरिरहेको छ’ महासंघका सचिव गोविन्द प्रसाद चौलागाईद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको प्रयास र दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रता माथिको आक्रमण हो।

प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानुनी वाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय छ भन्दै महासंघले घटनाको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .