ad ad

समाज


शरणार्थी प्रकरणमा पक्राउ परेका बुढाथोकीविरुद्ध यस्तो छ अभियोग

शरणार्थी प्रकरणमा पक्राउ परेका बुढाथोकीविरुद्ध यस्तो छ अभियोग

फाइल फोटो : शरणार्थी प्रकरणमा जेल जाँदै गरेका १६ जना


नेपालखबर
असार ११, २०८० सोमबार १९:१३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० का २४ वर्षीय आषिश बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने छ। अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश गर्ने छ।

यसअघि पक्राउ परेका १६ जनालाई थुनामा पठाउने र २ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ। अदालतको आदेशले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना केन्द्रीय कारागार सुन्धारामा छन्।

टंक गुरुङलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाडिएको छ।

यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएकोमा १२ जना फरार थिए। बुढाथोकी पक्राउ परेसँगै अझै ११ जना फरार छन्। फरार रहनेमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा निरज पनि छन्।

जिल्ला सरकारी वकिल कार्यालयले फरार प्रतिवादीहरु राजेश अर्याल, धिरेन राई, मोहनराज राई र आशिष बुढाथोकीको हकमा एकै खालको अभियोग लगाएको छ।

नक्कली शरणार्थी बनेर अमेरिका जान तयार भएका व्यक्तिहरुले केशव दुलाल, सानु भण्डारी र सागर राईले भने बमोजिम उनीहरुको बैंक खातामा रकम जम्मा गरेको देखिएको छ।

तर अभियोगमा उनीहरु पनि संगठित रुपमा सबै कसुरमा संलग्न रहेको आरोप लगाउँदै ठगी, सरकारी कीर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा कारबाही गर्न माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .