ad ad

समाज


टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १३:३१, काठमाडौँ

कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पुनरबास नगरपालिका ५ सिमरीमा धनगढीतर्फ गइरहेको सुप प्र ०१–००१ क २२०० नम्बरको टिप्पर विपरीत दिशाबाट आइरहेको से ४ प २२७१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल रानाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते रानालाई धनगढीस्थित मेट्रो अस्पतालमा पुर्‍याइएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .