बर्खा लागेसँगै पहिरो जान सुरु भइसकेको छ। देशका विभिन्न स्थानमा पहिरोले जनधनको क्षति हुन थालिसकेको छ।
यसैले पहिरोको जोखिम क्षेत्रमा रहने बासिन्दाले होसियारी अपनाउन आवश्यक छ।
यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले जनचेतनामूलक भिडिओ सेन्देश जारी गरेको छ।
जुन यसप्रकार छ–
पहिरो आइहालेमा के गर्ने?
१. नआत्तिने, जतिसक्दो चाँडो सुरक्षित स्थानतिर भाग्ने
२. सामान जोगाउनतिर नलाग्ने, आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानतिर लैजाने
३. बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपांगता भएका व्यक्तिलाई सबैभन्दा पहिला सुरक्षित स्थानमा पुर्याउने
४. खोल्सी बग्नेतर्फ नभाग्ने, दायाँ र बायाँ अग्लो ठाउँतिर भाग्ने
५. आफ्नो क्षेत्र तथा माथिल्लो भेगमा ठूलो पानी परेको छ भने राति चनाखो रहने।
सुन्नुहोस् भिडिओ–
बर्खा लागेसँगै पहिरो जान शुरु भईसकेको छ । पहिरो आईहालेमा यी ५ कुराहरुमा ध्यान दिऔं...#NDRRMA #LandslideSafety #disaster pic.twitter.com/u88ugeRPIh
— NDRRMA (@NDRRMA_Nepal) June 26, 2023
Shares
प्रतिक्रिया