ad ad

समाज


हज गर्न १५० देशका १८ लाख जना पुगे साउदी अरब

हज गर्न १५० देशका १८ लाख जना पुगे साउदी अरब

नेपालखबर
असार १३, २०८० बुधबार ८:३८, काठमाडौँ

हजका लागि विभिन्न देशका धेरै मानिसहरू साउदी अरब पुगेका छन्।

हज तथा उमराह मन्त्री डा. तौफिक अलरबियाहले मंगलबारसम्म १५० भन्दा बढी देशका १८ लाख हजयात्री सहभागी भएको बताएका छन्।

करिब १० लाख भक्तजनहरू अरब राष्ट्रबाहेक अन्य एसियाली मुलुकबाट पुगेका छन्। जुन कुल हाजीहरूको करिब २१ प्रतिशत हो।

यसैगरी अफ्रिकी मुलुकबाट १३.४ प्रतिशत र युरोप, अमेरिका र अष्ट्रेलियाबाट २.१ प्रतिशत तीर्थयात्री त्यहाँ पुगेका छन् ।

अफ्रिकी देशबाट आउने हाजीको संख्या दुई लाख २२ हजार ८६३ रहेको छ। युरोप, अमेरिका र अष्ट्रेलियाबाट ३६ हजार ५२१ भक्तजनले भ्रमण गरेका छन्।

नेपालबाट हजका लागि १ हजार ९२ जना गएका छन्। नेपाल हज समितिका अध्यक्ष मकबुल मिया (शाह) का अनुसार जेठमै नेपालबाट उक्तत संख्यामा हजयात्री साउदी अरबतर्फ गएका हुन्।

तीन वर्षपछि साउदी अरबको मक्कामा यति ठूलो संख्यामा भक्तजन भेला भएका हुन्। यसअघि कोरोना भाइरसको संक्रमणका कारण हजमा प्रतिबन्ध लगाइएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .