भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङमाथि प्रहरीले बालुवाटारस्थित ललिता निवासको २९ रोपनीभन्दा धेरै सरकारी जग्गा कब्जा गरेको अभियोग लगाएको छ।
मंगलबार नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्यूरोले पक्राउ गरेर हिरासतमा राखिएका गुरुङले ललिता निवासको २९ रोपनीभन्दा धेरै जग्गा आफ्नो कम्पनी भाटभटेनी सुपरमार्केटको नाममा पास गरेको अभियोग लगाइएको हो।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै गुरुङले ललिता निवासको सरकारी जग्गा मस्यौट गर्ने काममा बिचौलियाको भूमिका खेलेको आरोप पनि लगाएको छ।
ललिता निवासको ठूलो परिमाणको जग्गा गुरुङले बिचौलियाका रुपमा भूमिका खेलेर आफू, आफ्नो परिवार र भाटभटेनी सुपरमार्केटको नाममा कायम गरेको अभियोग प्रहरीले गुरुङमाथि लगाएको हो।
‘आफू र आफ्ना परिवारसमेतका नाममा ललिता निवासको सरकारी जग्गा ल्याउन सरकारी जग्गा मस्यौट गर्ने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभ समेत लिएको’, गुरुङमाथिको अभियोगमा भनिएको छ, ‘हाल निज मीनबहादुर गुरुङ र निजको परिवार तथा निजको सेयर रहेको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिसमेतको नाममा २९-१५-३-१.४५ (२९ रोपनी १५ आना ३ पैसा १.४५ दाम जग्गा कायम रहेको देखिएको छ।’
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- ललिता निवास प्रकरण : मीनबहादुरसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो
Shares
प्रतिक्रिया