ad ad

समाज


दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको छ : रास्वपा सांसद श्रेष्ठ

दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको छ : रास्वपा सांसद श्रेष्ठ

नेपालखबर
असार १७, २०८० आइतबार १५:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले सो कुरा बताएका हुन्। ‘स्थापित राजनीतिक दलकै नेताहरुको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ। म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु। प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ,’ उनले भने। 

साथै, उनले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए। यसको लागि जनचेतना जघाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

‘वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ। वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ। वित्तिय पहुँचको जनचेतना पनि आवश्यक छ,’ उनले भने, ‘किसान उद्यमीहरुको पहुँच पुगिरहेको छैन। शिक्षामा ध्यान दिनुपर्छ। कारबाही मात्र समाजलाई सुधार्ने सुचकांक होइन। उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ।’

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धनका लागि नीति ल्याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .