ad ad

कला


ब्रेकअपपछि सँगै देखिए दिशा-टाइगर

ब्रेकअपपछि सँगै देखिए दिशा-टाइगर

नेपालखबर
असार १७, २०८० आइतबार १५:२२, काठमाडौँ

हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन्। ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका छन्। उनीहरुको एक भिडिओ सार्वजनिक भएको छ।

भिडिओमा कार्यक्रममा दिशा र टाइगर एकअर्काको छेउमा बसेर कुराकानी गरिरहेका देखिन्छ। यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए। टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन्। टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन्।

कार्यक्रममा टाइगर श्राफकी आमा आयशा र बहिनी कृष्णा टाइगर श्राफसँग देखिएकी दिशाले कालो टी–सर्ट र कालो प्यान्ट लगाएका थिइन्। दुवैले सनग्लास लगाएका छन्। कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन्।

टाइगर–दिशाका फ्यानहरुले सो भिडिओलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन्। भिडिओमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘अहिले दुवै जना डेट गरिरहेका छैनन्। विमानमा पनि टाइगरले दिशातर्फ हेरिरहेका थिएनन्।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी दुवै सँगै धेरै राम्रो देखिरहेका छौ, लवली कपल!’

गत महिना टाइगर श्राफले सामाजिक सञ्जालमा एक नोट लेखेर दिशा पटनीलाई जन्मदिनको शुभकामना दिएका थिए। दिशा अब करण जोहरको एक्शन फिल्म योद्धामा सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .