ad ad

समाज


बागमती नहरमा बगेर ४ वर्षीय बालकको मृत्यु

बागमती नहरमा बगेर ४ वर्षीय बालकको मृत्यु

नेपालखबर
असार २०, २०८० बुधबार ७:५५, सर्लाही

सर्लाहीमा बागमती नहरमा बगेर चार वर्षीय बालकको मृत्यु भएको छ।

बागमती नगरपालिका–८, सोल्टीमा मंगलबार नहरले बगाउँदा स्थानीय अनिल विकका छोरा दीक्षान्तको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरनजिकै खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरीले उद्धार गरेर भेनस अस्पताल बरहथवामा पुर्‍याएका थिए।

त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्‍याइएको थियो। हरिवनमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .