चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ।
राष्ट्र बैंकको ११ महिनाको समीक्षाअनुसार जेठ मसान्तसम्ममा ७ लाख १९ हजार ६७७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ।
यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ।
श्रम स्वीकृति लिनेको संख्या यो वर्ष २०८.३ प्रतिशतले बढेको छ।
११ महिनामा ११ खर्ब १२ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। जेठ मसान्त सम्ममा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २२.७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो।
Shares
प्रतिक्रिया