बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन नेपाल ल्याउनेले नै पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको पाइएको छ। सुन भित्र्याउने कम्पनीको यसअघिका कागजात हेर्दा बुधबार नेपाल सामान भित्र्याएकै मोडालिटीमा थप वस्तु ल्याएको पाइएको हो।
राजस्व अनुसन्धान विभागले भन्सारको सिस्टम समेत चलाउन पाउँछ। भन्सारमा उक्त कम्पनीले समान कति पटक कति परिमाणमा आएको र कस्तो वस्तु आएको हेर्न सुविधा छ।
राजस्व अनुसन्धान विभागलाई भन्सार र आन्तिरिक राजस्व विभागको प्रणालीमा पहुँच छ। सोही अनुसार विभागले सम्झौतासमेत गरेको छ।
भन्सारको प्रााणली हेर्दा गत ३ महिनादेखि सोही प्रकारको वस्तु ल्याएको भेटिएको हो। बुधबार रेडी ट्रेड प्रालिको नाममा मोटरसाइकलको ‘ब्रेक शु’ भनेर १ सय केजी सुन भित्र्याइएको पाइएको छ।
सोही कम्पनीले तीन महिनामा १८ सय किलो सामान भित्र्याएको कागजात फेला पारेको हो। बुधबार ठूलो परिमाणमा सुन फेला पारेपछि त्यसमा संलग्न १० जाना पक्राउ परेका छन्।
उनीहरूलाई निगरानी राखेर राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ। सो अध्ययनको क्रममा थप सुनजस्तै वस्तु भित्रिएको देखिएको हो।
‘यो भन्दा पहिले पनि सोही प्रकृतिको वस्तु आएको देखिन्छ,’ विभागका एक अधिकारीले नेपालखबरसँग भने, ‘तर त्यो सुन थियो वा थिएन त्यसमा थप अध्ययन पछि थाहा हुन्छ।’
तर, वस्तुको प्रकृति र आएको स्थानहरू हेर्दा सबै एकै प्रकारका छन्। प्रज्ञापन पत्रमा ब्रेक–शु, ब्रेक प्याड, इलेक्ट्रिक सामान उल्लेख छ। यसअघि भित्र्याएको समानको कुल तौल १८ सय केजी देखिएको विभागले बताएको छ। त्यसमा सुन हो वा होइन र सुन भएको खण्डमा यकिन कति छ भन्ने अध्ययनको क्रममा रहेको जानाइएको छ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ठूलो परिणामको सुन भने नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामै राखिएको छ।
बबरमहलस्थित राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामै केही समयको लागि सुन राखिएको महाशाखा प्रमुख थानेश्वर आचार्यले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन। ‘त्यसको लागि राजस्व अनुसन्धान विभागको पत्र चाहिन्छ त्यो आएको छैन’, उनले भने।
पत्र आएपछि सुनको गुणस्तर र यकिन परिमाण थाहा हुने उनले जानकारी गराए।
बिहीबार दिउँसो उक्त सुन जोख्दा बट्टा (ब्रेक शु)सहित १५५ केजी पुगेको थियो। बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।
बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजस्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको हो।
यो पनि पढ्नुहोस्ः
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक
- सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति
- सय किलो सुन तस्करी : राजस्वले लियो थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- सय केजी सुन तस्करी : काठमाडौंबाट थप दुईजना पक्राउ
- सय केजी सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)
Shares
प्रतिक्रिया