सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा बुधबार थप एकजना पक्राउ परेका हुन्।
राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको स्रोतले जानकारी दियो। यो सँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो।
त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको छ। उक्त गोदामबाट ६६ काटन ब्रेक शु बरामद गरिएको राजस्व स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
यो पनि पढ्नुहोस्ः
- हङकङबाट यसरी काठमाडौं पठाइयो सुन, मिस लीले मध्यराति रोकिन् १५२ किलोको सिपिङ
- १०० किलो सुन छिरेको विमानस्थलमा हङकङबाट ५० ग्राम ल्याउने यात्रुलाई पनि हुन थाल्यो केरकार
- १०० किलो सुनकाण्डपछि फेरिए भन्सार प्रमुख, त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- सय किलो सुन ल्याउनेले ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो
189
Shares
प्रतिक्रिया