एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।
सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेको हो।
गएको साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले विमानस्थलको गेटबाट बरामद गरेको थियो।
सो प्रकरणमा अनुसन्धान गरिरहेको विभागले अनुसन्धानको फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो।
यसअघि प्रहरीले राजस्व विभागको अनुसन्धानमा सहयोग गर्न एसपी कृष्ण पंगेनीलाई खटाएको थियो।
204
Shares
प्रतिक्रिया