ad ad

ग्लोबल


संसदमा फर्किए राहुल गान्धी, स्वागतमा नाराबाजी, मिठाइ बाँडियो

संसदमा फर्किए राहुल गान्धी, स्वागतमा नाराबाजी, मिठाइ बाँडियो

नेपालखबर
साउन २२, २०८० सोमबार १६:१३, rahul-

भारतको विपक्षी दलका नेता राहुल गान्धी संसदमा फर्केका छन्। चार महिनाअघि मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएपछि उनको सांसद पद गुमेको थियो।

सोमबार उनको सांसद पद पुनर्बहाली भएको छ। यसअघि उनीविरुद्धको फैसलालाई सर्वोच्च अदालतले निलम्बन गरेको थियो।

उनको स्वागतमा कंग्रेस नेताकार्यकर्ताले संसदबाहिर नाराबाजी गर्नुका साथै मिठाइ बाँडेका छन्।

संसदमा गान्धीको फिर्तीमा अन्य विपक्षी दलहरुले पनि खुसी प्रकट गरेका छन्।

गान्धी दक्षिण भारतको केरला राज्यका वायनाड क्षेत्रका सांसद हुन्।

उनको पुनरागमनले हालै गठित २६ दलीय ‘इन्डिया’ गठबन्धनलाई बल पुग्ने विश्लेषकहरुको भनाइ छ।

२०१९ मा चुनावी सभाका क्रममा मोदी थर भएका मानिसहरु किन चोर हुन्छन् भनी उनले अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो।

गुजरातको एक अदालतले उनलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकेको थियो। जुन मानहानिको मुद्दामा अधिकतम सजाय हो। यदि दुई वर्षभन्दा कम सजाय तोकिएको भए उनको सांसद पद जाँदैनथ्यो।

तर, सर्वोच्चले शुक्रबार पर्याप्त आधार र कारणबिनै तल्लो अदालतले गान्धीलाई अधिकतम सजाय  दिएको भन्दै त्यसलाई रोकिदिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .