ad ad

समाज


मकवानपुरमा पौडी खेल्ने क्रममा चार वर्षीया बालिकालाई खोलाले बगायो

मकवानपुरमा पौडी खेल्ने क्रममा चार वर्षीया बालिकालाई खोलाले बगायो

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार ७:२२, मकवानपुर

मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।

आइतबार दिउँसो कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीया छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

साथीहरूसँग पौडी खेल्न जाँदा प्रमिसालाई खोलाले बगाएको हो। 

बालिकालाई खोलाले बगाएको जानकारी पाएपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो। 

घटनास्थलभन्दा केही तल बालिकाको शव फेला परेको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .