ad ad

समाज


जापानद्वारा सुस्मा कोइराला मेमोरियल अस्पताललाई भेन्टिलेटर सहयोग

जापानद्वारा सुस्मा कोइराला मेमोरियल अस्पताललाई भेन्टिलेटर सहयोग

नेपालखबर
भदौ ५, २०८० मंगलबार १९:४५, काठमाडौँ

जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ। आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो।

जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आईसीयू कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गरे।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताइन्।

उक्त अस्पतालले हालसम्म २४ हजार बिरामीको शल्यक्रिया गर्नाका साथै चार लाख ५० हजार बिरामी जाँच गरिसकेको छ। जापान सरकारबाट उपलब्ध गराइएको उपकरणले जलनका बिरामीको उपचारमा थप टेवा मिल्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विक्रम भण्डारीले बताए।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .