ad ad

समाज


संगठनको गरिमा जोगाउन लाग्नुस् : सशस्त्र प्रहरी महानिरीक्षक

संगठनको गरिमा जोगाउन लाग्नुस् : सशस्त्र प्रहरी महानिरीक्षक

नेपालखबर
भदौ १९, २०८० मंगलबार ६:१४, काठमाडौँ

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्। 

सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नु होला।’

कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीको समाना गर्न सङ्गठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने उनले बताए।

‘सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई ध्यान राख्दै सङ्गठनले कदम चालिरहेको छ,’ उनले भने, ‘पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशील भई त्रुटिरहित ढङ्गबाट सम्पादन गर्नुहोला।’

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १३ को निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति थियो। 

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए। 

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .