ad ad

समाज


काठमाडौंको तीनकुनेमा राखिएको राष्ट्रिय झन्डा च्यातियो, दीपकराज गिरीले गराए ध्यानाकर्षण

काठमाडौंको तीनकुनेमा राखिएको राष्ट्रिय झन्डा च्यातियो, दीपकराज गिरीले गराए ध्यानाकर्षण

काठमाडौंको तीनकुनेमा राखिएको राष्ट्रिय झन्डा च्यातियो। तस्बिर : दीपकराज गिरीको फेसबुकबाट।


नेपालखबर
भदौ २१, २०८० बिहिबार २१:५९, काठमाडौँ

काठमाडौंको तीनकुनेमा राखिएको राष्ट्रिय झन्डा च्यातिएपछि कलाकार दीपकराज गिरीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

च्यातिएको झन्डाको तस्बिरसहित गिरीले विदेशी आवतजावत गरिरहने स्थान भएकाले चाँडो यस विषयमा ध्यान दिन उनले सम्बन्धि निकायलाई अनुरोध गरेका हुन्। 

‘यो ३ कुनेमा राखिएको राष्ट्रिय झन्डा हो, सायद हिजो (बुधबार) रातिको हुरीले यो अवस्था भएको छ’, फिल्म निर्मातासमेत रहेका गिरीले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एअरपोर्टनजिकै विदेशीहरू आवतजावत हुने ठाउँमा यो असाध्यै अशोभनीय देखियो। सम्बन्धित निकायको चाँडो ध्यान जाओस्। जय नेपाल।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .