ad ad

समाज


इजरायलमा सम्पर्कविहीन एक विद्यार्थीको खोजी भइरहेको छ : परराष्ट्र मन्त्रालय

इजरायलमा सम्पर्कविहीन एक विद्यार्थीको खोजी भइरहेको छ : परराष्ट्र मन्त्रालय

नेपालखबर
असोज २२, २०८० सोमबार २१:२३, काठमाडौँ

सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली विद्यार्थीको खोजी भइरहेको जनाएको छ। सोमबार साँझ वक्तव्य जारी गर्दै मन्त्रालयले सम्बन्धित निकायसँगको समन्वयमा खोजी कार्य भइरहेको जनाएको हो। 

साथै, जोखिमयुक्त स्थानमा रहेकाहरूमध्ये दुईवटा समूहका विद्यार्थीहरूलाई नेपाली राजदूतावासको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको परराष्ट्रले जनाएको छ। 

साथै, नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको पनि परराष्ट्रले वक्तव्यमा उल्लेख गरेको छ। 

‘आफू रहेको स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन, उद्दार हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुले नेपाली राजदूतावास, तेल अविबले खुला गरेको अनलाइन रजिष्ट्रेशन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्नुहुन परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ परराष्ट्र मन्त्रालयले बताएको छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल अध्ययनका लागि गएका ४९ मध्ये १७ जना बसेको नेपाली विद्यार्थीको टोलीमाथि हमास समूहले आक्रमण गरेको थियो। 

१७ मध्ये १० जनाको निधन भएको छ। बाँकी ४ जना गम्भीर घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। 

२ जना सुरक्षित छन् भने एक जना अझै सम्पर्कविहीन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .