पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ।
393
Shares
प्रतिक्रिया