रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कारबाहीमा मारिएका छन्।
केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन्।
न्युयोर्क टाइम्सका अनुसार ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए।
आफू सेनामा भर्ती भएपछि सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए।
रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन्।
549
Shares
प्रतिक्रिया