ad ad

समाज


पाकेको धान ढुक्कले काट्दा हुन्छ, अबका केही दिन पानी पर्दैन : मौसमविद्

पाकेको धान ढुक्कले काट्दा हुन्छ, अबका केही दिन पानी पर्दैन : मौसमविद्

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८० शनिबार १०:०, काठमाडौँ

दसैँ सकिएसँगै देशैभरका किसान यतिबेला धान काट्ने काममा व्यस्त हुन थालेका छन्। 

कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धानसमेत नकाटी दसैँ मानेर थन्क्याउने भन्दै थाती राखेका थिए। 

खेतमा पाकेको धान काट्दै गरेका र काट्ने तयारीमा रहेका धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरी खाने बाली बिगार्ने त होइन भन्ने चिन्तासमेत छ।

तर, मौसमविद्हरुले भने अबका केही दिन पानी पर्ने सम्भावना नरहेकाले ढुक्कले धान काट्न किसानलाई सुझाव दिएका छन्। 

‘अबका केही दिन पानी पर्ने सम्भावना छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले शनिबार बिहान नेपालखबरसँग भने, ‘अबको कम्तिमा पनि तीन दिन पानी पर्दैन। किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ।’ 

महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। प्रविधिको विकाससँगै विगत केही वर्षयता महाशाखाले गरेको धेरैजसो मौसम पूर्वानुमान मिल्ने गरेको छ।

मौसमविद् प्रधानांगले देशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रका एकदुई ठाउँमा छिटपुट पानी परे पनि धान खेती धेरै हुने तराई क्षेत्रमा अबका केही दिन वर्षाको सम्भावना नहरेको बताए। 

महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

‘आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ,’ मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘शनिबार दिउँसोपख सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .