ad ad

समाज


ट्राफिक प्रहरीले भन्यो– नियम उल्लंघन र कारबाही प्रक्रियामा लाइसेन्सको सक्कलै चाहिन्छ

ट्राफिक प्रहरीले भन्यो– नियम उल्लंघन र कारबाही प्रक्रियामा लाइसेन्सको सक्कलै चाहिन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १८:३२, काठमाडौँ

ट्राफिक प्रहरीले नियम उल्लघंन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने जानकारी गराएको छ। 

सोमबार नागरिक एपले सामाजिक सञ्जालमा सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपबाट देखाउन सक्ने जानकारी गराएको  थियो। 

त्यसबारे थप प्रष्ट पार्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिनका लागि मात्रै नागरिक एपको सुविधा दिइएको बताएको छ। 

यसबारे बोल्दै ट्राफिक प्रहरीले भनेको छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने। तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .