ad ad

समाज


आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ७:७, काठमाडौँ

सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ।

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाउको छ। 

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँ पर्व परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो। 

यो कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बाल बालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ।  

देशभरीका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ। 

महाशाखाले नजिकैको वितरण केन्द्रमा गई आफ्ना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। 

स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ। 

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .