जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।
चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले बताएका छन्।
उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो।
चीनले दिन लागेको राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन्। भूकम्पपीडितलाई दिन लागिएको राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने उनले बताए। राजदूत सङले आपतमा परेका नेपालीका लागि थप राहत घोषणा हुने बताए।
— Ambassador Chen Song (@PRCAmbNepal) November 4, 2023As the first emergency response, China will provide materials worth 100 million NPRs to the earthquake-stricken area, including tents, blankets from #China_South_Asian_Countries_Emergency_Supplies_Reserve. All this material will arrive in couple of days. More aids are on the… pic.twitter.com/o8RRMLfUnh
Shares
प्रतिक्रिया