ad ad

समाज


टिचिङसहित यी ५ अस्पतालमा भइरहेको छ ४८ घाइतेको उपचार

टिचिङसहित यी ५ अस्पतालमा भइरहेको छ ४८ घाइतेको उपचार

फाइल तस्बिर : त्रिवि शिक्षण अस्पताल


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:२६, काठमाडौँ

जाजरकोट भूकम्पमा परी घाइते भएकाहरू राजधानी काठमाडौँलगायत विभिन्न स्थानका अस्पतालमा उपचाररत छन्। 

सशस्त्र प्रहरीले आइतबार बिहान उपलब्ध गराएको विवरणअनुसार काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रुकुम पश्चिमका ८ घाइतेको उपचार भइरहेको छ। 

यस्तै नेपालगन्जस्थित भेरी अस्पतालमा ३८ जना घाइते उपचाररत छन्। जसमा  जाजरकोटका २६, रुकुम पश्चिमका घाइते ११ र सल्यानको घाइते १ घाइते छन्। 

यसैगरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा भूकम्पमा परी घाइते भएका २७ जनाको उपचार भइरहेको छ। जसमा जाजरकोटका १६ र रुकुम पश्चिमका ११ जना घाइते रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

यस्तै जिल्ला अस्पताल जाजरकोटमा जम्मा १९ जना घाइते उपचाररत छन्। जसमा जाजरकोटका घाइते ६ र रुकुम पश्चिमका घाइते १३
जना छन्। 

जिल्ला अस्पताल रुकुममा भूकम्पका १३ जना घाइतेको उपचार जारी छ। जसमा सबै जना रुकुम पश्चिमकै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .