ad ad

समाज


परकम्प : जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते, ३ घर भत्किए

परकम्प : जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते, ३ घर भत्किए

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ६:३०, काठमाडौँ

सोमबार दिउँसो जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते भएका छन्। सोमबारको परकम्पबाट तीनवटा घर भत्किएका प्रहरीले जनाएको छ।

सोमबार दिउँसो ४स्३४ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो। यो भूकम्प शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडकोको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  

सोमबारको परकम्पबाट जाजरकोटमा ३ वटा घर भत्किएका जिल्ला प्रहरी जाजरकोटमा डीएसपी सन्तोष रोकायले जानकारी दिए।

भूकम्पबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४ जना, चौरजहारी नगरपालिकाका २ जना र सानीभेरी गाउँपालिकाका एकजना गरी ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

आठबीसकोट ११ का ३७ वर्षीय बीरबहादुर बुढा, सुवासना आग्री, आठबीसकोट १२ का २२ वर्षीय सुरज बिक र ५ वर्षीया ज्ञानिल बिक घाइते भएका छन्। 

त्यसैगरी चौरजहारी नगरपालिका(४ का १५ वर्षीया लक्ष्मी नेपाली र चौरजहारी ७ का ३१ वर्षीय उदयराज कामी पनि घाइते भएका छन्। सानीभेरी गाउँपालिका(४ मा एकजना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि गत शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। त्यसयता जाजरकोट केन्द्रबिन्दु भएर परकम्प जाने क्रम जारी छ। 

सोमबारको परकम्पले जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलालीसहित भारतका केही जिल्लामा समेत धक्का महसुस भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .