ad ad

समाज


राष्ट्रपतिको हेलिकप्टर अवतरण गराउन खाली गरियो भूकम्पपीडितको अस्थायी बस्ती

राष्ट्रपतिको हेलिकप्टर अवतरण गराउन खाली गरियो भूकम्पपीडितको अस्थायी बस्ती

भूकम्पप्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : रासस


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:८, सुर्खेत

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको हेलिकप्टर अवतरण गराउन भूकम्पपीडितहरुको बस्ती हटाइएको छ।

मंगलबार भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिकाको थाप्ले पुगेका राष्ट्रपति पौडेलको हेलिकप्टर ल्यान्ड गराउने क्रममा भूकम्पपीडितको बस्ती खाली गरिएको हो। 

राष्ट्रपति पौडेलको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई एक साथ परिचालन गरिएको थियो।

स्थानीयबासीका अनुसार राष्ट्रपतिको हेलिकप्टर ल्यान्ड गरिएको ठाउँमा भूकम्प प्रभावितहरुलाई बास बस्नका टाँगिएका टेन्टहरु हटाइएको हो। 

प्रहरीले राष्ट्रपति जाजरकोट आउने भएपछि जाजरकोटको सदरकुकामसमेत रहेको भेरी नगरपालिकास्थित चौर खाली गरेको थियो। राष्ट्रपति आउने भएपछि चौरमा पानी खन्याएर धुलो कम गर्ने उपाय लगाइएको थियो।

त्यहाँ कात्तिक १७ गते राति ११ः४७ बजेको समयमा गएको भूकम्पबाट प्रभावितहरुलाई स्थानीय सरकारले टेन्ट हालेर बासको व्यवस्था गरेको थियो। 

राष्ट्रपतिको आगमनलाई जाजरकोटका भूकम्प पीडितहरुले आशापूर्वक हेरेका थिए। तर उनीहरूले आफूहरूको बस्ती नै खाली गरिएकोमा आक्रोश पोखेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोस रोकाले राष्ट्रपति पौडेल जाजरकोटका भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिज्यू जाजरकोट पुगेर यहाँको भूकम्प प्रभावित क्षेत्रको र भूकम्प पीडितको अनुगमनपछि रुकुमपश्चिम जानु भएको छ।’
 
त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राष्ट्रपति पौडेलले जाजरकोटका भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका र बारेकोट गाउँपालिकाको अनुगमन गरेर फर्किएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .