ad ad

समाज


ठमेलबाट युवती लगेर लुटपाट गरेको अभियोगमा असईसहित ५ जना कारागार चलान

ठमेलबाट युवती लगेर लुटपाट गरेको अभियोगमा असईसहित ५ जना कारागार चलान

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १५:३२, काठमाडौँ

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ।

डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि बुधबार यस्तो आदेश दिएको हो।

ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ परेका थिए।

प्रहरीका सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङ रहेका छन्।

उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। उनकै गाडीमा तीन जना युवती बोलाएको प्रतिवादीहरुमाथि आरोप छ।

रोकाको जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो।

गत असोज २१ गते राति सीआरभी डियूटीमा खटिएका असई तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल नै डाँका चोरीमा संलग्न रहेको आरोप छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .