ad ad

समाज


तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटाको पाला बनाउने चटारो

माटो अभावका कारण व्यवसाय जोगाउन मुस्किल भएको व्यवसायी गुनासो
तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटाको पाला बनाउने चटारो

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १२:३५, भक्तपुर

तिहार लागेसँगै भक्तपुरमा माटाको पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ छ।

दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापती समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो।

उनीहरूले यो वर्षको तिहारमा माटाका पाला लगायतका भाँडा मागअनुसार बनाउन नसकेको बताए। अन्य समयमा भन्दा तिहारको समयमा माटोका पालाको माग धेरै हुने गरेको व्यवसायीहरू बताउँछन्।

भक्तपुर नगरपालिका-४ का गणेशकुमार प्रजापती माटोको पाला बनाउनसके बजारमा माग धेरै रहेको बताए। यद्यपि यसको बजार प्लास्टिकका दियोले लिन थालेकोमा उनी असन्तुष्ट देखिन्छन्।

माटो अभावका कारण चाहेजति पाला बनाउन नसकेको प्रजापती बताउँछन्। विगतमा माटो किन्नु नपर्ने भए पनि अहिले भने किन्नुपर्ने अवस्था रहेको उनको गुनासो छ।

माटो किन्नुपर्ने मात्र नभई भाँडाहरू पोल्ने स्थानको अभाव समेत हुन थालेको उनको दु:खेसो छ। यस्तै कारणले गर्दा माटोका भाँडा बनाउने पेसा संकटमा पर्ने पो हो कि भन्ने उनको चिन्ता छ।

भक्तपुरका प्रजापती समुदायले बनाएका माटोको पाला उपत्यका लगायत बाहिर पनि परिचित छन्। मौलिकपनले गर्दा नै उपत्यका बाहिरका सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरान लगायत विभिन्न जिल्लाबाट यहाँसम्म पाला किन्न आउने गरेको स्थानीय व्यवसायी बताउँछन्। माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .