ad ad

समाज


भारतले पठायो भूकम्प पीडितलाई तेस्रो चरणको राहत सामग्री

भारतले पठायो भूकम्प पीडितलाई तेस्रो चरणको राहत सामग्री

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २०:३९, काठमाडौँ

दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि तेस्रो चरणको राहत सामग्री पठाएको छ। 

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत बिहीबार तेस्रो चरणमा १२ टनभन्दा बढी राहत सामग्री पठाएको हो। 

सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको भारतीय राजदूतावासले जनाएको छ। 

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ। 

‘नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्घ रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गर्दछ’, बिहीबार साँझ दूतावासले भनेको छ, ‘ नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार छ।’

नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने दूतावासले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .