ad ad

समाज


जुवा खेलेको आरोपमा काभ्रेबाट १३ जना पक्राउ, साढे चार लाख नगद बरामद

जुवा खेलेको आरोपमा काभ्रेबाट १३ जना पक्राउ, साढे चार लाख नगद बरामद

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८० शनिबार १०:११, काभ्रे

जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेको धुलिखेलबाट १३ जनालाई पक्राउ गरेको छ। 

शुक्रबार साँझ धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

होटलमा केही मानिस जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ लाख ४२ हजार ३५० रुपैयाँ बरामद भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .