सर्लाहीमा बसको ठक्करबाट ८० वर्षका एक वृद्धको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका-११ कडरिया चोकमा गएराति ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षका मानबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधवार साँझ बाटो काट्ने क्रममा सर्लाहीबाट काठमाडौँ तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए। उनको एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
ठक्कर दिने बसका चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
30
Shares
प्रतिक्रिया