सिन्धुली कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ।
सिन्धुलीको दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको गएराति सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
डीएसपी दाहालका अनुसार बुधबार साँझ कारागारमै तिहार मनाएर देउसी खेलेर खाना खाइवरी सुतेका थापा आज बिहान ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए।
उनलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका डीएसपी दाहालले बताए।
यही असोज १७ गतेदेखि थापा सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ।
51
Shares
प्रतिक्रिया