निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म बनाउने भएका छन्। फिल्म ‘लाखे’को निर्देशन गरिसकेका उनले ‘कंगारु’ बनाउने घोषणा गरेका हुन्।
राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए। यसअघि उनले बनाएको फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरिएको थियो।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ।
फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ। कंगारुको स्क्रिप्ट २ वर्ष लगाएर तयार पारिएको निर्देशक बस्नेतले सुनाए।
उनका अनुसार विभिन्न कलाकारसँग कुराकानी भएपनि कास्टबारे टुंगो लाग्न सकेको छैन। यस फिल्मको छायाङ्कन आगामी फागुनदेखि छायाङ्कन सुरु हुनेछ।
Shares
प्रतिक्रिया