मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का लागि तोकिएको प्रदर्शनस्थल बल्खुमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
बिहीबार दिउँसो प्रहरी र प्रसाईंका समर्थकबीच झडप भएको थियो। सो झडपपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
लगत्तै त्यहाँको अवस्था तनावग्रस्त भएको छ।
बल्खुमा फेरि तनाव, प्रहरीले फाल्यो पानीको फोहोरा र अश्रुग्यास
बल्खु चोकबाट कालिमाटीतर्फ प्रसाईं पक्षका प्रदर्शनकारी लागेपछि प्रहरीले रोक्न खोजेको थियो। तर भीड नियन्त्रणमा नआएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो।
प्रसाईंले नेपालखबरसँगको कुराकानीमा आफ्ना ८ जना समर्थकलाई प्रहरीले घाइते बनाएको दाबी गरेका छन्। उनका अनुसार एकजना सर्वसाधरण पनि घाइते छन्।
घटनामा प्रहरी पनि घाइते भएका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया