ad ad

समाज


प्रसाईं पक्षले भन्यो– बल्खुको प्रदर्शनमा घुसपैठ भयो, प्रहरीले दमन गर्‍यो

२६ जना घाइते भएको दाबी
प्रसाईं पक्षले भन्यो– बल्खुको प्रदर्शनमा घुसपैठ भयो, प्रहरीले दमन गर्‍यो

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १५:४८, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ। 

बिहीबार दिउँसो दुई पटकसम्म भएको झडपमा घुसपैठ भएको र प्रहरीले दमन गरेको अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम प्रमुख हरि कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार बल्खुको झडपमा आफ्नो समूहका २६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए।

घाइतेहरूको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको उनले नेपालखबरलाई जानकारी दिए। कार्कीका अनुसार प्रहरीको दमनका बारेमा अहिले नै पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ। 

‘हाम्रो प्रदर्शनमा घुसपैठ भएको भएको अनुभूति भयो,’ उनले भने, ‘प्रहरीको दमनले सीमा नाघ्यो। यसबारे हामी पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्छौं।’

बल्खुमा बिहीबार दुई पटक झडप भएको थियो। सुरुमा प्रसाईं पक्षधर र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो। त्यसको केहीबेरपछि पुनः प्रहरीसँग प्रसाईं पक्षका समर्थकहरूको घम्साघम्सी भएको थियो। 

झडपपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। 

बल्खु चोकबाट कालिमाटीतर्फ प्रसाईं पक्षका प्रदर्शनकारी लागेपछि प्रहरीले रोक्न खोजेको थियो। तर भीड नियन्त्रणमा नआएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो।

घटनामा केही प्रहरी पनि घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .