ad ad

समाज


तीनकुने पुगेका प्रदर्शनकारी धमाधम पक्राउ गर्दै प्रहरी

तीनकुने पुगेका प्रदर्शनकारी धमाधम पक्राउ गर्दै प्रहरी

तस्बिर : सराेज बैजु


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १२:४४, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी अभियानका प्रदर्शनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। 

शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं नेतृत्वको अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ।

यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ। तर प्रदर्शनका लागि तीनकुनेमा पुगेकाहरुलाई भने प्रहरीले त्यहाँ प्रदर्शन नगर्नको लागि मात्रै नियन्त्रणमा लिएको हो। 

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँंले तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी दिएको थियो। चेतावनीका बाबजुध पुगेका प्रदर्शनकारीलाई प्रहरीले धमाधम पक्राउ गनर्ग थालेको हो।

भिडिओमा हेर्नुहोस्-

 

‘अहिलेसम्म दुई–तीन गाडी ल्याइसकिएको छ। संख्या ऐकिन छैन’, काठमाडौं परिसर स्रोतले भन्यो, ‘तर त्यहाँ आन्दोलन गर्न जानेलाई पक्राउ गर्ने नै हो। संख्या थपिँदै जान्छ।’ 

‘कार्यक्रम नगर्नु भन्दाभन्दै जबरजस्ती गरे कारबाही हुन्छ, यसअघि निर्धारित स्थानमै कार्यक्रम गरे सोच्न सकिन्छ। त्यहाँ नदिने भनेका छैनौं’, प्रशासनका एक अधिकारीले भने। 

यस्तै प्रशासनले आन्दोलन अराजक भएको पनि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .