ad ad

समाज


उर्लाबारी आगलागी : अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या चार पुग्यो

उर्लाबारी आगलागी : अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या चार पुग्यो

रुकुमबहादुर कार्की


नेपालखबर
मंसिर ९, २०८० शनिबार १०:४२, काठमाडौँ

उर्लाबारी आगलागी घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ। योसँगै उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

उर्लाबारी- ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
 

आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो। कार्कीको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको प्रहरीले जनाएको छ। 

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।

यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आईसीयूमा ५ जना छन्।

यसअघि उक्त आगलागी घटनामा उर्लाबारी–७ ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .