ad ad

समाज


आज मौसम कहाँ कस्तो होला?

आज मौसम कहाँ कस्तो होला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर १०, २०८० आइतबार ७:११, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

बुलेटिनअनुसार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .